Logo

मुख्य समाचार

नेपाल बोटल वाटर उद्योग सङ्घकाे अध्यक्षमा गौतम


GDP नेपाल
   ३० फाल्गुन २०७८, सोमबार


पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा ध्रुवबहादुर गौतम निर्वाचित हुनुभएको छ । सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी हुनुभएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

हाल देशभर सङ्घमा ५८६ उद्योग आबद्ध छन् ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह