Logo

सूचना/प्रविधि

खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यास ब्याक साथै स्मार्टफोन जित्ने मौका


GDP नेपाल
   २ चैत्र २०७८, बुधबार


खल्ती मार्फत EMI भुक्तानीमा १००% क्यास ब्याक जित्न सकिने अफर ल्याएको छ । साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यस अफर ‘इ एम आइ डन १०० % रिटर्न’ अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार-होन्डा र MAW को ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा १००% क्यास ब्याक (५ हजार रुपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन्। यो अफर चैत १ देखि चैत ३०, २०७८ सम्म मान्य खल्तीले जनाएको छ।

५ हजार रुपैयाँभन्दा माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह