Logo

सूचना/प्रविधि

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी अब खल्तीबाटै


GDP नेपाल
   ६ चैत्र २०७८, आइतबार


सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी अब ‘खल्ती’ बाटै गर्न सकिने भएको छ । इन्स्योरेन्सका अनुसार अब ग्राहकहरुले ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्नेछन् ।

यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।”

 ’खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम यस प्रकार तिर्न सकिन्छः

  • ’खल्ती’ एप लग–इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
  • “ सिटिजन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
  • “DOB“ र “Policy Number“ भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
  • अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने

यस्तै, ५००० प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नपर्ने खल्तीले जनाएको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह