Logo

सूचना/प्रविधि

क्रिप्टोकरेन्सी कारोबारमा मुछिएपछि अभिनेत्री प्रियंका कार्कीमाथि सीआईबीले थाल्यो अनुसन्धान


GDP नेपाल
   ६ चैत्र २०७८, आइतबार


डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ।

केही समयअघि सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ’ भन्दै कार्कीले भिडिओ पोस्ट गरेकी थिइन् । उनलाई सोधपुछका लागि आइतबार ब्यूरोले बोलाएको हो ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै यस कारोबार वा प्रचारमा संलग्न जो कोहीलाई कानुनी बमोजीम कारबाही हुने चेतावनी दिएको छ। यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह