Logo

सूचना/प्रविधि

अब ‘खल्ती’ बाट कुनै पनि बैंकमा निःशुल्क पैसा ट्रान्सफर गर्न सकिने


GDP नेपाल
   ७ चैत्र २०७८, सोमबार


पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर सुविधा ल्याएको छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्नेछन् ।

‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ । तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन् । यो अफर चैत्र ७ देखि बैशाख ६ गतेसम्म मात्र लागु हुनेछ ।

यस सुविधाका बारेमा जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने
“खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको छ।”

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह