Logo

सूचना/प्रविधि

खल्तीले ल्यायो ‘खल्ती लेख–स्टार’ प्रतियोगिता, ५० हजार जित्ने मौका


GDP नेपाल
   १६ चैत्र २०७८, बुधबार


खल्ती डिजिटल वालेटले ‘खल्ती लेख–स्टार’ को आयोजना गरेको छ । यस प्रतियोगिता अन्तर्गत जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ । इच्छुक प्रतियोगीले कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी ३प्जबतिष्ीभपजकतबच राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई प्रतियोगितामा सहभागी हुन सक्नेछन् । यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुनेछ।

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख–स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ। यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु।” यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् ।

यस अफर अन्तर्गत घोषित बिजेताले निम्न अनुसारको पुरस्कारहरू प्राप्त गर्ने छन् :

प्रथम पुरस्कार रू. ५०,०००
दोस्रो पुरस्कार रू. २५००० 
तेस्रो पुरस्कार रू. १५००० 
सान्त्वना पुरस्कार रू. ५,००० (५ जनालाई)

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह