Logo

बैंक / बिमा /शेयर

लमजुङको हिले बजारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर


GDP नेपाल
   २२ चैत्र २०७८, मंगलबार


ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङको दोर्दी गाउँपालिका हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उक्त एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५० पुगेको छ ।

उक्त अवसरमा अध्यक्ष गुरुङ्गले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बैंकलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको समेत बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालयका प्रतिनिधिहरु, व्यवसायी र स्थानीय बासिन्दाको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

बैंकले मुलुकभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ्ग सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह