Logo

सूचना/प्रविधि

ट्विटरको बोर्ड अफ डाइरेक्टरमा सामेल हुँदै एलोन मस्क


GDP नेपाल
   २३ चैत्र २०७८, बुधबार


टेस्ला मोटर्सका सीइओ एलोन मस्क ९.२ प्रतिशत सेयर लिएसँगै सामाजिक सञ्जाल ट्विटरको बोर्ड अफ डाइरेक्टरमा सामेल हुने भएका छन् ।

मंगलबार ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले मस्क ट्विटरको बोर्ड अफ डाइरेक्टरमा सामेल हुने जनाएका हुन् । उनले ट्वीटमा लेखेका छन्, हालैका हप्ताहरूमा एलोनसँगको कुराकानीबाट, यो स्पष्ट भयो कि उनले हाम्रो बोर्डमा ठूलो मूल्य ल्याउनेछन् ।

यस्तै, मस्कले पनि कम्पनीमा जोडिएको जनाउँदै ट्वीटरमा महत्त्वपूर्ण सुधारहरू गर्न सीइओ पराग र बोर्डसँग काम गर्न तत्पर रहेको बताएका छन् । मस्क ट्वीटरको बोर्ड अफ डाइरेक्टरमा सामेल हुने समाचार बाहिरिएसँगै मंगलबार कम्पनीको शेयर २ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह