Logo

सूचना/प्रविधि

४३ अर्ब डलरमा ट्वीटर खरिद गर्ने मस्कको प्रस्ताव


GDP नेपाल
   २ बैशाख २०७९, शुक्रबार


टेस्ला मोटर्सका सीइओ एलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गर्ने प्रस्ताव राखेका छन् ।

मस्कले ४३ अर्ब डलरमा ट्वीटर खरिद गरी निजीकरण गर्ने प्रस्ताव राखेका हुन् । उनले दैनिक २०० मिलियन भन्दा बढी मानिसहरूले प्रयोग गर्ने सञ्चार प्लेटफर्मको ‘असाधारण क्षमता’ अनलक गर्न सक्ने दावीसहित सो प्रस्ताव राखेका छन् । यस्तै, मस्कले ट्वीटरको सेयरको बदलामा ५४.२० डलर अफर गरेका छन् ।

क्यानडाको भ्यानकुभरमा आयोजित ,’टेड २०२२स सम्मेलनमा उनले भने ‘सार्वजनिक प्लेटफर्म जुन व्यापक रूपमा भरपर्दो र व्यापक रूपमा समावेशी छ यो सभ्यताको भविष्यको लागि अत्यन्त महत्त्वपूर्ण छ’ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह