टेस्ला मोटर्सका सिईओ एलोन मस्कले ४३ अर्ब डलरमा ट्वीटर किन्ने प्रस्ताव गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।
सोही विषयलाई लिएर स्न्यापडीलका सीईओ कुणाल बहलले मस्कलाई ट्वीटर किन्नुको सट्टा चरम आर्थिक संकट भोगिरहेको देश श्रीलंका किन्न सुझाव दिएका छन् ।
बहलले मस्कको ट्विटर बोली ४३ अर्ब डलर र श्रीलंकाको ऋण ४५ अर्ब डलर रहेको बताउँदै लेखेका छन् ,’उहाँले श्रीलंकालाई किन्न सक्नुहुन्छ र आफूलाई सिलोन मस्क भन्न सक्नुहुन्छ।’
मस्कले ४३ अर्ब डलरमा ट्वीटर खरिद गरी निजीकरण गर्ने प्रस्ताव राख्दै सेयरको बदलामा ५४.२० डलर अफर गरेका थिए।
प्रतिक्रिया