Logo

बैंक / बिमा /शेयर

घाटामा नारायणी डेभलपमेन्ट बैंक


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चैत मसान्तसम्ममा बैंक २१ लाख ९ हजार रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंक ५२ लाख ५४ हजार रुपैयाँ घाटामा रहेको थियो ।

यसैगरी, समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ५३ लाख ८३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ७ लाख ८५ हजार रूपैयाँ ऋणात्मक रहेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ करोड १४ लाख ९२ हजार रुपैयाँ र जगेडा कोषमा १२ करोड ९४ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २ रूपैयाँ १२ पैसा ऋणात्मक छ । बैंकको प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह