Logo

कर्पोरेट-बजार

ई–सेवाको ‘दशैँ धमाका’ ! बम्पर उपहारमा थाइल्याण्ड भ्रमणको अफर


appharu
   १६ आश्विन २०७५, मंगलबार


काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ई–सेवा फोन पे प्रा.लि.ले नेपालीहरूको महान चाड दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्बजनिक गरेको छ ।

असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जना भन्दा बढिले पुरस्कार जित्न सक्नेछन् ।
यस योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको ई–सेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइनेछ ।

ई–सेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट रू १०० वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागि हुनेछन् ।
पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य गरि ६ वर्गमा विभाजन गरिएको छ । अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३÷३ दिनमा घोषणा गरिनेछ ।

बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ गते घोषणा गरिनेछ । सबै विजेता गोलाप्रथाबाट घोषित गरिनेछ ।

ई–सेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । यसैगरी प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् ।

यसैगरी द्धितिय पुरस्कारमा दुई जनाले ई–सेवापसलमा १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीन जनाले टाइटनको घडि जित्न सक्नेछन् । यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले ई–सेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट, ५ जनालाई २४ सय बराबरको मिडास इक्लास, ५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई रू ५ सय बराबरको फुड कुपन प्रदान गरिनेछ ।

यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिसकिएको छ ।

ई–सेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

ई–सेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म ई–सेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ४० हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै ई–सेवाका सबै सेवा लिन सकिन्छ ।

प्रकाशित : १६ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह