Logo

सूचना/प्रविधि

एलोन मस्कले ४४ अर्ब डलरमा किने ट्विटर


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


टेस्ला मोटर्सका सीइओ एलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् ।

मस्क र ट्वीटरको बोर्डबीच ४४ अर्ब डलरमा ट्वीटर खरिदबिक्रि गर्ने सहमति भएको हो । मस्कले दुई हप्ता अघि दैनिक २०० मिलियन भन्दा बढी मानिसहरूले प्रयोग गर्ने सञ्चार प्लेटफर्मको ‘असाधारण क्षमता’ अनलक गर्न सक्ने दावीसहित ट्वीटर खरिद गर्ने प्रस्ताव राखेका थिए ।

“स्वतन्त्र अभिव्यक्ति कार्यात्मक लोकतन्त्रको आधार हो, र ट्विटर डिजिटल टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरू बहस गरिन्छ। म पनि ट्वीटरलाई पहिले भन्दा राम्रो बनाउन चाहान्छु नयाँ सुविधाहरूको साथ उत्पादन बढाएर, विश्वास बढाउन एल्गोरिदमहरू खुला स्रोत बनाएर, स्प्याम बटहरूलाई परास्त गरेर, र सबै मानिसहरूलाई प्रमाणीकरण गरेर। ट्विटरमा अथाह सम्भावना छ – म यसलाई अनलक गर्न कम्पनी र प्रयोगकर्ताहरूको समुदायसँग काम गर्न तत्पर छु, ”मस्कले आफ्नो ट्विटर खातामा पोस्ट गरेको प्रेस विज्ञप्तिमा भने।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह