Logo

विकास / पूर्वाधार

न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा



न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा पाँच दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै पाँच दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिजुली जोडिएको छ । प्राधिकरणले गत ६ गते मङ्गलबारदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गरेको थियो । सफल परीक्षण भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको छ । नदीमा पर्याप्त पानी नहुँदा दैनिक १० देखि १५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख अमात्यको भनाइ छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह