Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंक र योयो जिपलाईनबीच सम्झौता 


GDP नेपाल
   २१ बैशाख २०७९, बुधबार


एनएमबि बैंकले योयो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ । 

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२% सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र यो योको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । 

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।  
 

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह