Logo

मनोरञ्जन

महिलाले राजनीति गर्दा सुन्न परेको तितो अनुभव सार्वजनिक गर्दै अभिनेत्री निशा अधिकारी


gdpnepal
   २६ माघ २०८२, आइतबार


काठमाडौं । अभिनेत्री तथा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नीशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभई समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन् ।

गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले सामाजिक सञ्जालमा लेख्दै यस्ता शब्द र अभिव्यक्तिलाई असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गरेकी छन् । उनले यो सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाट हटाउन प्रयोग गरिने हिंसात्मक भाषा भएको बताएकी छन् ।

अधिकारीले आफूले पाएको समर्थन, विश्वास र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै त्यसले घृणाभन्दा ठूलो शक्ति आशा र एकता भएको प्रमाणित गरेको बताइन् । साथै उनले महिलालाई अपमान गरेर राजनीति शुद्ध नहुने, लोकतन्त्र बलियो नबन्ने र समाज अगाडि नबढ्ने स्पष्ट धारणा राखिन् ।

उनले लेखेकी छन्, ‘महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिला–विरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन। यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिने हिंसा हो ।’

समर्थकलाई सम्बोधन गर्दै उनले घृणाभन्दा धेरै ठुलो शक्ति, आशा र एकता भएको तर्क गरेकी छिन् । उनले भनेकी छिन्, ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन । लोकतन्त्र बलियो हुँदैन । समाज अगाडि बढ्दैन ।’


 

 

प्रकाशित : २६ माघ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह