Logo

कर्पोरेट-बजार

पर्यटन प्रवर्द्धनका लागि आठौं नेपाल राइडर्स मिट आयोजना


gdpnepal
   ६ फाल्गुन २०८२, बुधबार


काठमाडौं । नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरमा ‘आठौं नेपाल राइडर्स मिट’ सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा खेलकुद तथा मनोरञ्जन समिति सभापति हरिबहादुर कार्कीले नेपाल राइडर्स मिटको उद्घाटन गरे ।

द हिमालयन मोटरसाइकल एक्सपेरियन्सद्वारा आयोजित कार्यक्रममा नेपाल सहित भारत, भुटान र म्यानमार लगायत देशबाट ५ सय ५० भन्दा बढी राइडर सहभागी भएका छन् ।

महासंघ कार्यकारिणी समिति सदस्य कार्कीले कार्यक्रम सफलताको शुभकामना प्रदान गर्दै यस्ता कार्यक्रमले साहसिक पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई विकास गर्ने बताए ।


कार्यक्रम आयोजकहरुले बाइक राइडिङलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण उत्पादनका रूपमा विकास गर्नुपर्ने बताए । उनीहरूले यस बाइक राइड मार्फत् भातृत्व विकासका साथै नेपालको संस्कृति प्रवद्र्धन गर्न पनि टेवा पुग्ने बताए ।

 

प्रकाशित : ६ फाल्गुन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह