Logo

Sub-banner

युवा पुस्तामा बालेन क्रेज, २८ किलोको खसी बाजी


GDP नेपाल
   १ जेष्ठ २०७९, आइतबार


स्थानीय तहको चुनावी माहोल सुरु भएसँगै युवा पुस्तामा चढेको बालेन क्रेज कायमै रहेको छ ।

स्थानीय तहको निर्वाचन २०७९ मा स्वतन्त्रबाट उम्मेद्वार उठेका बालेन साहले शुक्रबार सम्पन्न मतदानमा अग्रता कायम गरिरहेका छन् । जारी मतगणनामा उनले ३१ सय १० मत ल्याउँदै अग्रता कायम गरिरहेका छन् । साहको पक्षमा देखिएको युवा पुस्ता भने उनैले जित्ने दावीसहित मतगणनाको अन्तिम नतिजा कुरिरहेका छन् ।

यस्तै, उनैको पक्षमा खुल्दै खोटाङमा भने दुई युवाबीच बालेनले जीत्ने वा हार्ने भन्नेबारे बाजी परेको छ । खोटाङको मझुवागढी नगरपालिका वडा नं.५ का विजय फुँयाल र सोही ठाउँमा बस्ने रमेश खड्काले बालेनको जीत र हारलाई लिएर ल्याप्चेसहित कागज नै गरेर २८ किलोको खसी बाजी राखेका छन्।

उनीहरुको सो लिखित कागज अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त कागजमा उल्लेख भए अनुसार बालेनले मेयर पदमा जिते रमेशले विजयलाई २८ किलोको खसी दिने र नजितेमा विजयले उक्त खसीको मूल्य बराबरको रकम रमेशलाई दिने सहमति भएको छ। उक्त कागजमा साक्षी समेत राखिएको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह