Logo

राजनीति

सीके राउतको गुनासो– ४ वर्षीय छोरीको उपचार गर्न पनि दिएनन्


appharu
   २२ आश्विन २०७५, सोमबार


काठमाडौं । पृथकतावादी मधेशी नेता डा. सीके राउतले आफ्नो ४ वर्षीय बिरामी छोरीलाई पनि आफूसँगै पक्राउ गरिएको भन्दै उनको उपचारसमेत गर्न नदिइएको दावी गरेका छन् ।

आइतबार जिल्ला अदालत रौतहट परिसरबाटै पक्राउ गरिएका सीके राउतले आफ्नी ४ वर्षीया छोरी रेवा राउत बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाइदिन आग्रह गर्दा प्रहरी प्रशासनले नमानेको बताएका छन् ।

राउत छोरीसँगै राज्य विप्लबको मुद्दामा तारेख थप्न जाँदा पक्राउ परेका हुन् । उनले आफू तथा छोरी दुवैले खाने औषधिसमेत प्रहरीले प्रयोग गर्न नदिएको गम्भीर आरोप लगाएका छन् ।

प्रहरीले भने राउतको दावीमा कुनै सत्यता नरहेको जनाएको छ । राउतलाई अदालत परिसरबाट नभै बाहिरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिए ।

राउत पक्राउको विरोधमा प्रदर्शन गर्ने थप १ दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २२ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह