Logo

Banner-news

सर्वोच्चको आदेशले रोकिएन सरकार, निजगढ विमानस्थल लगानी बोर्डमार्फत अघि बढाइने


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । सर्वोच्च अदालतले निर्माण अघि बढाउन रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अघि बढाउन सरकार प्रतिबद्ध देखिएको छ ।

सरकारले बजेटमा निजगढ विमानस्थल निर्माणका लागि लगानी बोर्डमार्फत प्रक्रिया अघि बढाइने कार्यक्रम ल्याएको छ ।

निजगढसहित हवाई पूर्वाधारका लागि १२ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन समेत गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९–८९ को आयव्यय विवरण (बजेट)मा यो कुरा उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले संसदको दुवै सदनमा यतिबेला बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह