काठमाडौं । निजी क्षेत्रको वर्षौं पुरानो माग पूरा गर्दै सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने नीति ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाइएको बताएका हुन् ।
यद्यपि, मन्त्री शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्ट बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रतिक्रिया