काठमाडौं । बजेटले आयकरको सीमा हेरफेर गरेको छ ।
अब एकलतर्फ वार्षिक ५ लाखसम्म कमाउने व्यक्ति र दम्पत्तितर्फ वार्षिक ६ लाख रूपैयाँसम्मको आम्दानी हुनेले आयकर तिर्नु पर्दैन । यद्यपि, योभन्दा कम जतिसुकै आम्दानी भए पनि सामाजिक सुरक्षा करवापत एक प्रतिशत भने बुझाउनु पर्छ ।
आइतबार संघीय संसदमा प्रस्तुत बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यो व्यवस्था गरिएको घोषणा गरेका हुन् ।
यस्तै, सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया