Logo

सूचना/प्रविधि

मेटाकी सीओओ शेरिल स्यान्डबर्गले दिइन् राजीनामा


GDP नेपाल
   २० जेष्ठ २०७९, शुक्रबार


मेटा प्रमुख अपरेटिङ अफिसर (सीओओ) शेरिल स्यान्डबर्गले राजीनामा दिएकी छिन् । १४ वर्षको कार्यकाल समाप्त भएसँगै स्यान्डबर्गले राजीनामा दिएकी हुन् ।

उनले फेसबुकलाई टेक्नोलोजी र विज्ञापन अभियान निर्माण मात्र मात्र नभएर सार्वजनिक मामिलाहरुको संकटको निरीक्षण र घोटालामा ठूलो सहयोग गरेकी छन् । ५२ वर्षीय स्यान्डबर्गले बुधबार फेसबुकमा पोस्ट गर्दै सीओओको रूपमा आफ्नो भूमिका पूर्ण रूपमा छोडेपनि मेटाको निर्देशक बोर्डमा भने आफूले सेवा गरिरहने बताइन् ।

‘भविष्यमा के हुन्छ भन्ने कुरा यकिनसाथ त म भन्न सकिदन तर मैले मेरो प्रतिष्ठान तथा परोपकारी कार्यमा ध्यान केन्द्रित गर्ने कार्य यसमा सामेल हुनेछ जुन मेरोलागि पहिलेदेखि नै निकै महत्वपूर्ण छ किनकी यस्तो कार्य महिलाका लागि निकै महत्वपूर्ण छ ’ उनले फेसबुकमा लेखेकी छन् ।

अरबपति महिलावादी लेखिका समेत रहेकी स्यान्डबर्गले मार्क जुकरबर्गलाई फेसबुकमा आकर्षक व्यवसाय निर्माण गर्न मद्दत गर्ने लक्ष्यका साथ मार्च २००८मा गुगलबाट फेसबुकमा सामेल भएकी थिइन्।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह