Logo

सेयर बजार

बुद्ध एयरलाई पब्लिक कम्पनी बनाउने घोषणा विवादमा, आईपीओ अनुमति नदिन लगानीकर्ताको चेतावनी


appharu
   २६ आश्विन २०७५, शुक्रबार


काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पब्लिक कम्पनी बनाउने भन्दै गरेको घोषणा सुरुमै विवादमा परेको छ ।

बुद्धले अत्यधिक नाफा कमाइरहेको आन्तरिक उडानतर्फ एकलौटी व्यवसाय गरेर जोखिममा रहेको अन्तर्राष्ट्रियतर्फको सेयर बिक्री गर्ने घोषणा गरेपछि लगानीकर्ता आक्रोशित भएका हुन् ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वाजावाहक नेपाल वायुुसेवा निगमबाहेक सबै एयरलाइन्सहरु घाटा खाएर बन्द भएका छन् ।

विगतमा कस्म्कि एयर, बीबी एयरदेखि हाल हिमालय एयरसम्मको हालत राम्रो छैन । फ्लाईयतिका नाउँमा पनि केही महिना उडान भएर बन्द भएको थियो । बुद्धले पनि विगतमा भुटानको पारो उडान घाटाकै कारण बन्द गरेको थियो भने वनारस उडान पनि कहिले बन्द गर्ने त कहिले सञ्चालमा ल्याउने गरिरहेको छ ।

नेपाल पूँजीबजार लगानीकर्ता संघले त बुद्धको घोषणाप्रति विज्ञप्ति नै जारी गरेर निन्दा एवं आपत्ति जनाएको छ । उसले बुद्धको प्रचारप्रति सचेत रहन धितोपत्र बोर्डलाई आग्रह गरेको छ ।

संघले पब्लिक कम्पनीमा जाने कुरा गर्नु आफैमा स्वागतयोग्य रहेको तर बुद्धले आन्तरिक उडानमा आईपीओ जारी नगरी वाह्य उडानको मात्र ७० प्रतिशत सेयर बिक्री गर्ने घोषणा निन्दनीय र लगानीकर्ताको हितविपरीत रहेको ठहर गरेको छ ।

विगतलाई नेकोन एयरले कयौं लगानीकर्ता डुबाएको स्मरण गर्दै अहिले बुद्धले लगानीकर्तालाई उल्लु वनाउन लागेको संघले जनाएको छ ।

“यदी बुद्ध एयरले यो निर्णय नसच्याउदै धितोपत्र वोर्डले आईपीओ अनुमति दिन्छ भने त्यसमा ठूलै आर्थिक चलखेलवाट मात्र हुन सक्छ भन्ने हाम्रो ठहर छ,” विज्ञप्तिमा भनिएको छ,“हामीले यसरी सचेत गराउदा गराउदै धितोपत्र वोर्डवाट आन्तरिक छोडेर वाह्य उडानलाई मात्र आईपीओ अनुमति दिन्छ भने हाम्रो संघले कठोर कदम चाल्न वाध्य हुनेछ ।”

संघले जवर्जस्ती बुद्धलाई अनुमति दिइए धितोपत्र वोर्डको कार्यलयमा आमरण अनसन बस्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित : २६ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह