Logo

विकास / पूर्वाधार

नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक


GDP नेपाल
   ३१ जेष्ठ २०७९, मंगलबार


मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ । नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको विओपीहरुलाईसमेत ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह