Logo

अर्थनीति

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड, आन्तरिक आय डेढ अर्ब


GDP Nepal
   १० असार २०७९, शुक्रबार


काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बरारबको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेट अनुसार महानगरले आगामी आवमा १ अर्ब ५० करोड आन्तरिक आय गर्नेछ । यो आय घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको वाँडफाँडबाट प्राप्त हुने जनाइएको छ ।

यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ ।

महानगरले जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दातमा रहेको १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ५ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह