Logo

अर्थनीति

विराटनगरको बजेट ३ अर्ब ६२ करोड, आन्तरिक आय १ अर्ब


GDP Nepal
   १० असार २०७९, शुक्रबार


काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपमेयर शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटका स्रोतमध्ये आन्तरिक आयतर्फ १ अर्ब रहने अनुमान छ । संघबाट अन्तर सरकारी वितिय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख, राजस्व बाँडफाँटतर्फ १ अर्ब १३ करोड ९९ लाखको अनुमान छ ।

जनसहभागिताबाट ८ करोड र अनुदान तथा ऋणबाट १० करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान महानगरले गरेको छ ।

महानगरले विनियोजनतर्फ भने आर्थिक विकासर्मा २७ करोड ७३ लाख, सामाजिक विकासर्मा ७८ करोड ३९ लाख, सुशासनमा ७ करोड ७७ लाख, वातावरण तथा विपत व्यवस्थापनमा ३ करोड ६० लाख विनियोजन गरेको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह