Logo

बिजनेस होम

इरानबाट तेल खरिद गरे भारतमाथि पनि अमेरिकी नाकाबन्दी !


appharu
   २ कार्तिक २०७५, शुक्रबार


वासिङ्टन । नेपालको दक्षिणी छिमेकी भारतको संसारकै महाशक्ति राष्ट्र अमेरिकासँगको सम्बन्ध चिसिँदो छ । दुई देशबीचको सम्बन्ध सुधारको दिशामा गएन भने कुनै पनि बेला भारतमाथि अमेरिकी नाकाबन्दीको सम्भावना देखिन्छ ।

अमेरिकी प्रतिबन्धका बावजुद रुसको एस–४०० प्रतिरक्षा मिसाइल सिस्टम खरिद गर्ने सम्झौता गरेको भन्दै भारतसँग अमेरिका क्रुद्ध छ । यसबाहेक भारतले इरानसँग पनि कच्चा तेल खरिद गर्ने बताउदै आएको छ ।

यी दुवै घटनालो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारो तातेको छ । ट्रम्पले इरानमाथिको प्रतिबन्धको हवाला दिँदै पूरै विश्वलाई नोभेम्बर ४ पछि पनि यदी कुनै मुलुकले इरानी तेल खरिद गरेमा उक्त मुलुकमाथि कडा भन्दा कडा कारबाही गर्ने बताएका छन् ।

ट्रम्पले इरानबाट कच्चा तेल आयातको विषयलाई लिएर चेतावनी दिँदै भनेका छन्, “४ नोभेम्बरसम्म इरानबाट हुने तेल आयातलाई घटाएर शून्यमा नझार्ने देशलाई पनि अमेरिकाले कारबाही गर्नेछ ।” भारत र चीन जस्ता मुलुकले इरानबाट तेल आयात जारी राख्ने बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामी उनीहरुलाई पनि निगरानीमा राखिरहेका छौं ।”

ट्रम्पले मे महिनामा २०१५ मा इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिकालाई फिर्ता गरेका थिए । यसपछि उनले इरानमाथि पुनः प्रतिबन्ध लगाएका थिए । ट्रम्पले इरानबाट तेल आयात गर्ने देशलाई ४ नोभेम्बरसम्म आफ्नो आयात घटाएर शून्यमा झार्न आग्रह गर्दै आएका छन् ।
उनले यसो नगर्ने मुलुकलाई प्रतिबन्ध लगाउने चेतवानी समेत दिएका छन् ।

यसभन्दा पहिले अमेरिकी राष्ट्रपतिले रुससँग ५ अर्ब डलरको सम्झौतामा एस–४०० हवाइ प्रतिरक्षा प्रणाली खरिद गरेको बिरुद्ध अमेरिकी कानुनका अनुसार दण्डात्मक कारबाही हुने वा यसको बारेमा स्थितिलाई छिट्टै स्पष्ट पारिने बताएका थिए ।

५ अर्ब डलरको यो विशाल प्रतिरक्षा सम्झौतामा अमेरिका काट्सा प्रतिबन्ध लगाउन सक्ने छ । गत महिना अमेरिकाले चीनमाथि पनि प्रतिबन्ध लगाएको थियो । उक्त समयमा चीनले रुसबाट लडाकु विमान तथा मिसाइल प्रतिरक्षा सिस्टम खरिद गरेको थियो ।

अमेरिकाले आफ्ना बिरोधीका बिरुद्ध प्रतिबन्ध लगाउनका लागि काट्सा कानुन बनाएको छ । यो कानुन अनुसार रुससँगको हतियार सम्झौतामा अमेरिकी प्रतिबन्धबाट भारतलाई छुट दिने अधिकार केवल राष्ट्रपतिलाई मात्रै छ ।

काट्सा अमेरिकाको संघिय कानुन हो । यो कानुन अनुसार इरान, उत्तर कोरिया तथा रुसमाथि प्रतिबन्ध लगाइएको छ । भारत तथा रुसबीच भएको सम्झौताको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भारतलाई यो विषयमा छिट्टै जानकारी हुने धम्की दिएका थिए ।

प्रकाशित : २ कार्तिक २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह