Logo

अर्थनीति

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड, आन्तरिक आय १२ अर्ब


GDP Nepal
   १० असार २०७९, शुक्रबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजाररुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर सुनिता डंगोलले नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आय ११ अर्ब ९५ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । यससँगै बैंक मौज्दातसँगै गरी कूल १६ अर्ब ८० करोड आम्दानी हुने अनुमान छ ।

संघ र प्रदेश सरकारबाट महानगरको संचित कोषमा २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ जम्मा हुनेछ ।

स्थानीय संचित कोषबाट खर्च हुने बाहेक आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरिएको छ। जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि खर्च ४ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हुन आउँछ ।

महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैया छुट्याइएको छ । जुन कुल बजेट ४९.५७ प्रतिशत हो ।

सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ । जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ ।

सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत हो।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह