Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकद्वारा १६ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन


GDP नेपाल
   १० असार २०७९, शुक्रबार


कामना सेवा विकास बैंक लिमिटेडले कैलालीको जानकी गाउँपालिका ५ को अमौरामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको व्यावसायिक प्रतिनिधिमा चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) नियुक्त भएका छन् । आज भएको एक कार्यक्रमकाबीच वडा अध्यक्ष भिम बहादुर चौधरीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा अन्य जनप्रतिनिधिज्, व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रकाशित : १० असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह