Logo

बिजनेस होम

उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै


GDP Nepal
   १६ असार २०७९, बिहिबार


काठमाडौं । उद्योग विभागका सबै सेवा अब अनलाइनबाटै प्रवाह हुने भएका छन् । विभागका अनुसार उद्योग दर्ता, बिदेशी लगानी स्वीकृती तथा निर्यातमा नगद अनुदान जस्ता सेवाका लागि अब विभागसम्म धाइरहनु पर्दैन ।

यस्तै, भिसा स्वीकृती, लगानी फिर्ता सिफारिस, व्यावसायिक भिसा तथा कामदार भिसा सिफारिस लगायतका सम्पुर्ण सेवाहरु अब अनलाइनमार्फत हुनेछन् ।

अनलाइनबाट यी सेवा संचालन गर्नका लागि विभागले इन्डष्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आइएमआईएएस) लागू गरेको छ ।

यो व्यवस्था असार १५ गतेदेखि संचालनमा ल्याइएको विभागले जनाएको छ ।

यो सेवाको सफ्टवेयर निर्माण सम्मन्न भई कार्यान्वयनको प्रारम्भिक चरणमा नै रहेको हुँदा संचालनको क्रममा देखा पर्न सक्ने समस्याहरुलाई तत्काल समाधान गरी यथाशक्य सेवाग्राहीमैत्री बनाइने विभागको भनाइ छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह