Logo

मुख्य समाचार

राजीनामापछि अर्थमन्त्रीमा वर्षमान पुनलाई रोक्ने जनार्दन शर्मा पक्षको रणनीति !


GDP Nepal
   २२ असार २०७९, बुधबार


काठमाडौं । चर्को दबाबपछि राजीनामा दिन बाध्य भए अर्थमन्त्री जनार्दन शर्मा । शर्माका लागि बजेटमा करका दर हेरफेर गर्न अन्तिम समयमा कनिष्ठ व्यक्ति अर्थ मन्त्रालय छिराउनु नै राजीनामाको कारण बन्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दाहिने हात भएका कारण आफूमाथि कसैले प्रश्न गर्न सक्दैन भन्ने बलियो आत्मविश्वासकै कारण उनले पद गुमाउनु प¥यो ।

करका दर परिवर्तन प्रकरण अर्थमन्त्री निकै तल्लो स्तरमा ओर्लिएकै कारण उनले राजीनामा गर्नु परेको देखिन्छ । जबकि करका दर हेरफेर गर्ने अर्थमन्त्रीको अधिकार नै हो ।

जनार्दन शर्मामात्र नभै अहिलेसम्मका सबैजसो अर्थमन्त्रीले स्वार्थ समूहको काम पूरा गर्दै आएका छन् । विगतका अर्थमन्त्रीले यसरी पूर्व सुब्बालाई बजेटको अन्तिम रात मन्त्रालयमा बोलाएर करका दर काँटछाँट गर्न लगाउने नभै उनीहरुको इच्छाअनुसार चिर्कटो दिएर कााम फत्ते गराउँथे ।

जनार्दन शर्मा भने देउवा र दाहालको साथका कारण ओभर कन्फिडेन्स भएरै हेपाहा प्रवृत्ति देखाउन पुगे र अन्ततः उनको राजनीतिक जीवन नै संकटमा परेको छ ।

अर्थमन्त्रीले संसदीय छानबिनलाई सहयोग गर्न भन्दै बुधबार राजीनमा दिए । निकटवर्ती स्रोतका अनुसार उनी संसदीय छानबीनसँग त्यति डराएका छैनन्, जति उनलाई अबको अर्थमन्त्री को भन्ने चिन्ता छ ।

माओवादी केन्द्रमा अर्थमन्त्रीका सबैभन्दा बलिया दावेदार वर्षमान पुन नै हुन् । विगतमा अर्थमन्त्री भइसकेका र अध्यक्ष दाहालका निकट पनि रहेका कारण उनलाई अर्थमन्त्री बनाइने सम्भावना बढी नै छ ।

वर्षमान पुन निकट नेता रञ्जीत तामाङ लगायतले त अर्थमन्त्री प्रकरणमा पार्टीले छानबीन गर्नुपर्ने सार्वजनिक रुपमै माग गर्दै आएका थिए ।

माओवादीमा पदाधिकारी छनोट प्रकरण पेचिलो बनिरहेका बेला जनार्दन शर्माको राजीनामाले अध्यक्ष दाहालमाथि झनै दबाब बढाएको छ । प्रभावशाली पद महासचिवमा शर्मा र पुन दुवैका दावी रहेका बेला पुनलाई अर्थमन्त्री र महासचिव दुवै पद दिन दाहालले सक्ने छैनन् ।

यस्तो अवस्था आएमा भने अर्थमन्त्रीमा पुन र पार्टी महासचिवमा शर्मा चयन हुन सक्छन् । यद्यपि, अर्थमा पुनलाई रोक्न शर्मा निकटहरुले अन्तिम समयसम्म प्रयाश गर्ने देखिन्छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह