Logo

मनोरञ्जन

एनपीएलमा आज लुम्बिनीलाई जित्नैपर्न दबाब:  बाहिरिसकेको जनकपुरसँग भिड्दै


gdpnepal
   २० मंसिर २०८२, शुक्रबार


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको एनपीएलअन्तर्गत आज लुम्बिनी र जनकपुरको खेल अपराह्न ४ बजे सुरु हुनेछ । 

६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । 

तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ । 

शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । 

लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।

पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजले समान चार अंक जोडेको छन् ।

लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनविरुद्ध नै खेल्ने तालिका छ । यदि, शुक्रबारको खेलमा लुम्बिनी पराजित भए चितवन र पोखराबीचको खेलमा जित निकाल्ने टिम प्लेअफ पुग्ने सम्भावना प्रवल छ ।

तालिकाको सातौँ स्थानमा रहे पनि कर्णाली भने प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।

 

प्रकाशित : २० मंसिर २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह