अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल १५ लाख कित्ता सेयरको बिक्री ल्याएको हो । यसमध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारी, ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई र बाँकी रहेको १३ लाख ९५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यसमा न्यूनतम १० कित्ताका लागि आफ्नो खाता रहेको बैंक शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ । असार २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया