Logo

बैंक / बिमा /शेयर

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट


GDP नेपाल
   २८ असार २०७९, मंगलबार


हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता शेयर बाँडफाँट गरेको हो ।

प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता शेयर वितरण गर्ने हालको व्यवस्था अनुसार कम्पनीले पहिलो चरणमा १५ लाख ९३ हजार ७ सय ९६ जना योग्य आवेदकहरूमध्ये र १ लाख ८३ हजार ४७ जनाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । यसरी बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर थप दुई जनाले एक एक कित्ताका दरले हात पारेका छन् । कम्पनीको आईपीओ बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओ खरीदका लागि कुल १५ लाख ९५ हजार ५ सय ५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ५८ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार १५ देखि असार १९ गतेसम्म सर्बसाधारणलाई आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर वितरण गरेको छ । सार्वजनिक निष्कासनमा आएको बाहेक ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँट गरिसकेको थियो भने ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारणका लागि पहिलो चरणमा स्थानीयलाई आईपीओ विक्री गर्दा वितरण हुन नसकेको ६ लाख १८ हजार २ सय ५० कित्ता शेयर पनि थप गरेर वितरण गरेको हो ।

प्रकाशित : २८ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह