नेपालबाट पहिलोपटक फलामे डन्डी (छड) निर्यात भएको छ ।
श्री स्टिलले उत्पादन गरेको छड आजबाट भारत निर्यात सुरु भएको हो । रुपन्देहीमा रहेको श्री स्टिलले बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट एक ट्रकमा ३५ टनसम्म टिएमटी छड भारत निर्यत गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्याततर्फ ८ प्रतिशत नगद अनुदानको व्यवस्था गरेसँगै नेपालबाट सिमेन्ट र डन्डी निर्यात सुरु भएको हो । पहिलो लटको स्टिल भारतको नौतनवास्थित एक फर्मलाई पठाइएको कम्पनीले जनाएको छ ।
श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले भारतबाटै कच्चा पदार्थ ल्याएर भारतमै निकासी गर्न सम्भव नभएको अवस्थामा सरकारको ८ प्रतिशत नगद अनुदानको व्यवस्थाले यो कार्य सम्भव भएको बताए ।
प्रतिक्रिया