Logo

मुख्य समाचार

नर्भिक अस्पताललाई सम्झौताविपरीतको संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम


GDP नेपाल
   २३ श्रावण २०७९, सोमबार


काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।

आज एक सूचना जारी गर्दै महानगरले नर्भिक हस्पिटलले लिजमा लिएको जग्गाको पश्चिमतर्फ नेपाल सरकारसँग भएको सम्झौताविपरीत क्यान्टिन भवन लगायतका संरचना भत्काउन २४ घण्टे अल्टिमेटम दिएको हो ।

‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत नक्सा पास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ। अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह