Logo

बैंक / बिमा /शेयर

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः नियुक्त


GDP नेपाल
   २४ श्रावण २०७९, मंगलबार


आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले २३ साउन देखि लागू हुने गरी श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठकै नेतृत्वमा करीब ७ वर्षमा आइएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति गरेको दाबी गरिएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको सीईओमा दोस्रो कार्यकालको लागि पुनः श्रेष्ठ नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए । सीईओको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा कम्पनीलाई उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह