काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले उर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत (२०८८/८९)’ नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यसका लागि बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया