Logo

मुख्य समाचार

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन प्रतिवेदनः बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुल्दै


gdpnepal
   ५ चैत्र २०८२, बिहिबार


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे ।

‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने ।

आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । रास्वपाले स्पष्ट बहुमत ल्याइसकेको अवस्थामा अब राष्ट्रपतिले रास्वपा संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् ।

रास्वपाले बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेर औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई पठाएलगत्तै उनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

नेपालको संविधानको धारा ७६ (१) बमोजिम गठन हुने बालेन नेतृत्वको सरकारले संघीय संसदमा विश्वासको मत लिइरहनु पर्दैन ।

प्रकाशित : ५ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह