Logo

मुख्य समाचार

गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्काल नहटाउन अदालतको आदेश


GDP नेपाल
   २ कार्तिक २०८१, शुक्रबार


काठमाडौं । उच्च अदालत पाटनले पशुपतिस्थित गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिति र काठमाडौँ महानगरपालिकासहित ११ वटा निकायविरुद्ध उच्चमा रिट दायर गरेको थियो ।

न्यायाधीश खड्काको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रकाशित : २ कार्तिक २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह