Logo

मुख्य समाचार

सरकारले विश्व बैंकबाट १२ अर्ब ७० करोड  र जापान सरकारबाट २ अर्ब १३ करोड ऋण स्वीकार गर्ने


GDP नेपाल
   २९ श्रावण २०७९, आइतबार


सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले जापान सरकारबाट प्राप्त हुने ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले पूर्वी तराईको सिचाई प्रणाली पुनर्स्थापना आयोजनाका लागि जाापनी येन (२२५६ मिलियन) २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह