Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवासम्बन्धी सम्झौता


GDP नेपाल
   ३१ श्रावण २०७९, मंगलबार


सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ ।

बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

ग्राहकवर्गहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन् । यसले गर्दा ग्राहकवर्गहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह