Logo

अर्थनीति

सञ्चयकोषको ६६ करोड घर सापटी कर्जा उठेन


appharu
   १८ बैशाख २०७५, मंगलबार


काठमाडौं, १८ वैशाख । कर्मचारी सञ्चय कोषले घर सापटीमा लगानी गरेको २० अर्बमध्ये ६६ करोड असुल हुन सकेको छैन । गत वर्षसम्म ९५ करोड असुल हुन बाँकी रहेकोमा यस वर्ष २९ करोड असुली गर्न कोष सफल भएको छ ।

यसरी समयमै असुल हुन नसकेपछि कोषले नियमितरुपमा बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ ।

घर सापटी, सरल कर्जा, शैक्षिक ऋण, घरमर्मत सापटीका लागि सञ्चयकोषले दिएको ऋणको साँवाब्याज समयमा नबुझाउँदा कोषको वार्षिक नाफामा समेत असर परेको भन्दै त्यस्तो आग्रह गरेको हो ।

प्रत्येक सञ्चयकर्ताको घर हुनुपर्छ भन्ने आशयका साथ ऋण प्रवाह गरिएको र त्यसको भरपूर उपयोग गरुन् भन्ने कोषको मनसाय भएको कोषका शाखा प्रमुख अर्जुनप्रसाद उपाध्ययले जानकारी दिए ।

सञ्चयकर्तालाई सम्बन्धित कार्यालयमा गएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै उनले तोकिएको समयमा साँवाब्याज नबुझाउने सञ्चयकर्ता उपर कानूनी प्रक्रियाअनुसार कोष अगाडि बढ्ने बताए ।

सञ्चयकर्ताले कर्मचारी सञ्चयकोषको घर सापटीको ‘मेल आइडी’ मा भौचर स्क्यान गरेर पठाउन सकिनेछ । कोषका अनुसार कतिपय सञ्चयकर्ताको ठेगाना परिवर्तन भएको, फोन नंम्वर परिवर्तन भएको र जागिर छोडी अन्यत्र गएकाले असुलीमा समस्या परेको छ । रासस

प्रकाशित : १८ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह