Logo

मुख्य समाचार

४० प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा


GDP नेपाल
   २ भाद्र २०७९, बिहिबार


साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा ३ करोड ७७ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४०.८६ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६ करोड ३८ लाख बढी खुद आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको वबक्री आम्दानी ३१ प्रतिशत कम भएकाले पनि खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष १० अर्ब ४० करोडभन्दा बढी बिक्री आम्दानी गरेको कम्पनीले गत वर्ष ७ अर्ब १७ करोडभन्दा बढी मात्र आम्दानी गरेको हो ।

यसतै, कम्पनीको बिक्री लागत अघिल्लो वर्षको तुलनामा ३१.४९ प्रतिशत कम रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४.९० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ४३८.०७ रहेको छ ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह