Logo

मुख्य समाचार

सोल्टी होटलको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, ३० करोड १६ लाख बढी खुद नाफा


GDP नेपाल
   ३ भाद्र २०७९, शुक्रबार


सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चाैथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार सोल्टीले चौथो त्रैमाससम्ममा ३० करोड १६ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २०२.१६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनी २२ करोड ४९ लाख खुद नोक्सानीमा रहेको थियो ।

यस्तै, अघिल्लो आर्थिक वर्षमा ४५ करोड ३९ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत आवमा १ अर्ब ३७ करोडभन्दा बढी कुल आम्दानी गरेको छ । कम्पनीको कुल खर्च पनि अघिल्लो वर्षको तुलनामा ६७.९४ प्रतिशत बढी अर्थात् .१ अर्ब ५ करोड भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । रिटेन्ड अर्निङ रकम अघिल्लो वर्षभन्दा ५१ प्रतिशत बढी ८९ करोड १२ लाख ९५ हजार रहेको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ दशमलव ५८ र प्रतिशेयर नेटवर्थ २० दशमलव ५८ रहेको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह