Logo

अर्थनीति

कम्युनिष्ट राष्ट्र चीन अर्थनीतिमा भने पश्चिमा देशभन्दा उदार !


appharu
   २२ कार्तिक २०७५, बिहिबार


सांघाई । चीन संसारको सबैभन्दा ठूलो कम्युनिष्ट राष्ट्र भए पनि अर्थनीतिमा भने यो देश संसारका उदार भनिएका राष्ट्रभन्दा बढी खुला हुँदैछ । प्रजातान्त्रिक अधिकारको मापदण्डका रुपमा उदार अर्थतन्त्रलाई मान्ने गरिए पनि कम्युनिष्ट राष्ट्र नै अधिकतम खुला देखिएकाले यसबाट अमेरिकालगायत पश्चिमा राष्ट्रहरुमाथि प्रत्यक्ष दबाब परेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरूले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरू नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो ।

राष्ट्रपति सीले चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनीकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लंघन गर्ने विरुद्ध कडा कारबाही गर्ने बताए ।

“हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौं,” सांघाईमा हालै आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त भनाइ राखेका हुन् । उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेको समेत औंल्याए ।

राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको बताए ।

राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथक्तावाद र झगडालू प्रवृत्तिको आलोचना गर्दै अरूको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनुपर्नेमा जोड दिए । “आफ्ना समस्या ढाकछोप गर्न अरूमाथि औंला ठड्याउनु ठीक होइन,” राष्ट्रपति सीले भने ।

बेइजिङले पहिलो वार्षिक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक संकेतका रुपमा लिएको छ । दुवै देशले एकअर्का मुलुकका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ ।

प्रकाशित : २२ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह