बिमा समितिले ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने भएको छ ।
समितिले ३ जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । शुक्रबार एक सूचना गर्दै समितिले लघु बीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुनेपर्ने जनाएको छ ।
यसमा इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशनको ३५ दिनभित्र आवेदन दिनुपर्ने छ। आवेदकले लघु बीमाको प्रस्ताव गर्दा काठमाडौं उपत्यका बाहिरको प्रदेश स्तरका लागि गर्नु पर्नेछ ।
त्यस्तै, समितिमा यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्ध गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्न भनिएको छ ।
‘यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ’ सूचनामा उल्लेख छ ।
प्रतिक्रिया