Logo

अर्थनीति

चालू पुँजी कर्जा सम्बन्धी प्रावधानले उद्योग व्यवसाय धरापमा: चेम्बर


GDP Nepal
   १४ भाद्र २०७९, मंगलबार


काठमाडौं । चालु पुँजी कर्जा सम्वन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योग व्यवसायका लागि कर्जा माग गर्नै नसक्ने अवस्था आएको र यसले समग्र आर्थिक गतिविधिमै गम्भिर असर गर्न सक्ने चेम्बरको ठहर छ । चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै चालु पुँजी कर्जा सम्वन्धमा पर्ने असरबारे बिभिन्न ११ वुँदामा राष्ट्र बैंकको ध्यानाकर्ष गराएको छ ।

‘चालुपुँजी कर्जा सम्वन्धमा उल्लेखित प्रावधानले आवश्यक्ता अनुसारको कर्जा माग गर्न असहज हुने, उद्योग व्यापार घटाउने, आर्थिक गतिविधी विस्तारमा रोक लगाउने एवं रोजगारीमा असर देखिन सक्छ,’ चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

चालुपुँजी कर्जा लिएपछि ऋणीले चल्ति खाता र कर्जा खाता छुट्टा छुट्टै सञ्चालन गर्नुपर्ने व्यवस्था प्रतिपनि चेम्बरले आपत्ति जनाएको छ । चेम्बरले भनेको छ, ‘पछिल्लो प्रावधानले व्यवसायबाट भएको आम्दानी तत्काल कर्जा खातामा दाखिला गर्न नसक्ने भएकाले व्याजको दायित्व झन बढ्ने देखिन्छ । यसकारण एकल रुपमा कर्जा खाताको मात्रै व्यवस्था अनिवार्य गरिनुपर्दछ ।’

चालु पुँजी सम्वन्धी प्रावधानले समग्र उद्योगी व्यवसायी र बैंक वित्तिय संस्थाबीच क्रम भंगता हुने समेत चेम्बरको ठहर छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधी बढाउनुपर्ने भएपनि चालु पुँजी कर्जा सम्वन्धी पछिल्लो व्यवस्थाले उद्योग व्यवसाय ठप्प हुने अवस्था रहेको चेम्बरले जनाएको छ ।

चेम्बर अफ कमर्सले चालु पुँजी कर्जा सम्वन्धी अव्यवहारिक नीति तत्काल संशोधन गर्न समेत सम्वन्धित निकायसंग आग्रह गरेको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह