Logo

Banner-news

काठमाडौं महानगरद्वारा फनपार्कलाई २४ घण्टाभित्र कर तिर्न ताकेता, बेवास्ता गरे शिलबन्दी


GDP नेपाल
   १५ भाद्र २०७९, बुधबार


काठमाडौँ महानगरपालिकाले प्रदर्शनी मार्गस्थित फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

बुधबार राजस्व विभागले व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न ताकेता गर्दै फनपार्कलाई पत्राचार गरेको हो ।

‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ’ पत्रमा उल्लेख छ ।

यसअघि पटक पटक कर तिर्न ताकेता गरे पनि फन पार्कले विगत ७ वर्षदेखि कर नतिरेको महानगरले बताएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार फनपार्कले भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गरिने छ । 

 

प्रकाशित : १५ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह